शुक्रबार, १६ चैत २०८०

जनता बैंकको सेयर लिलामीमा

समयपोष्ट २०७३ फागुन २ गते ८:२५

जनता बैंकले ७ लाख ६७ हजार ५ सय ६२ कित्ता साधारण सेयर लिलामीमा राखेको छ । बैंकले केही समय अघि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा नविकेको सेयर लिलामीमा बिक्री गर्ने भएको हो ।बैंकले निष्काशन गरेको ९२.५५ प्रतिशत मात्र बिक्री भएको थियो । हकप्रदमा बिक्री नभएको ७.४५ प्रतिशतको दरले हुन आउने सेयर  लिलामीमा राखिएको बैंकले जनाएको छ । केही दिनमा नै सेयर लिलामको सूचना प्रकाशित हुने बैंकले जनाएको छ ।बैंकले कार्तिक १० गतेसम्म सेयर किनेका सेयरधनीहरुलाई मंसिर १ गतेदेखि ५० गत पुस ५ गतेसम्म प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री