शुक्रबार, १४ वैशाख २०८१

भिबोर सोसाइटी बैंकका सिइओ खनाल ‘म्यानेजर टु वाच’ अवार्डबाट सम्मानित

समयपोष्ट २०७३ फागुन १ गते १३:५३

नेपाल व्यवस्थापन संघले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई ‘म्यानेजर टु वाच’ अवार्डबाट सम्मानित गरेको छ । 
व्यवस्थापन विकास सम्बन्धमा,  प्रतिकूल परिस्थितिमा पनि कुशल व्यवस्थापन गरी बैंकलाई सफल मार्गमा डोर्याउन सफल भएको भन्दै शनिवार सम्पन्न संघको ३६औं साधारण सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले खनाललाई उक्त अवार्डले सम्मान गरेका हुन्। 
यस अघि पनि भिबोर सोसाईटी डेभेलपमेन्ट बैंक तथा यसका सिइओ झलक प्रसाद खनाललाई  ‘युरो बिजनेश एसेम्ली, अक्सफोर्ड लन्डन’बाट पनि अन्तराष्ट्रिय अवार्डले सम्मान गरिएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री