शुक्रबार, १४ वैशाख २०८१

टुरिज्म डेभलपमेन्टको थप सात नयाँ शाखा एकैसाथ सञ्चालनमा

समयपोष्ट २०७३ फागुन १ गते ४:३१

टुरिज्म डेभलपमेन्ट बैंकले आप्mनो सञ्जाल एवं उपस्थितिलाई अझ बलियो बनाउने क्रममा बिहीबारबाट इटहरी, हेटौंडा, बुटवल, रजहर, कोहलपुर तथा कालिकोट गरी थप ६ वटा नयाँ शाखाहरू एकैसाथ सञ्चालनमा ल्याएको छ । यसैगरी, बैंकले शुक्रबारबाट काठमाडौंको कलंकीमा समेत नयाँ शाखा प्रारम्भ गरेको छ ।

Advertisement

यी शाखाबाट त्यस क्षेत्र र आसपासका सर्वसाधारण बैंकिङ सेवाबाट लाभान्वित हुने तथा बैंकको व्यवसाय थप विस्तार हुने अपेक्षा बैंकले गरेको छ । थपिएका नयाँ शाखासँगै बैंकको कुल शाखा संख्या २९, एक्सटेन्सन काउन्टर १ तथा एटीएम संख्या १३ पुगेको छ । यसैगरी, थप खोलिएका नयाँ शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने सो बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री