बिहीबार, १३ वैशाख २०८१

माछापुच्छ्रेको अगुवाइमा अप्पर खोरुङ्गगा जलविद्युत आयोजना निर्माण गर्न तीन बैंकले एक अर्व लगानी गर्ने

समयपोष्ट २०७३ माघ २४ गते १३:४६

तेह्रथुम पावर कम्पनी प्रालिले प्रवर्धन गर्दै हाल निर्माण गर्न लागेकोे साढे सात मेगावाट जडित क्षमताको अप्पर खोरुङ्गगा जलविद्युत आयोजनामा माछापुच्छ्रे वैंक लिमिटेडको अगुवाइमा ३ वाणिज्य बैंकहरुले १ अर्व रुपैया कर्जा लगानी गर्न संझौंता गरेका छन । 
माछापुच्छ्रेको अगुवाईमा  नेपाल बंगलादेश बैंक र जनता बैंकले लगानी गर्ने सो आयोजनाको सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र तेह्थुम पावर कम्पनीका प्रबन्ध संचालक मोहनकुमार डाँगीले हस्ताक्षर गरेका छन्। 
आयोजनाको लगानी संरचना अनुसार कुल लागत  १ अर्व ३७ करोड ५७ लाख मध्ये ७३ प्रतिशत वैंक तथा वित्तीय संस्थाको र २७ प्रतिशत प्रवर्धकको  लगानी रहने छ । वैंकहरुद्धारा कर्जा लगानी गर्ने निश्चित भए पछी आयोजनाको निर्माण कार्य अघी बढने निश्चित भएको छ ।
अप्पर खोरुङ्गगा जलविद्युत आयोजना तेह्रथुम जिल्लाको मोरहाङ गा.वि.स. मा अवस्थित छ । २९६.५ मिटर हेड र ३.१५ क्युसेक (डिजाइन डिस्चार्ज) पानी वालुवा थेग्रायाई करिवन ११२९ मिटर पेनस्टक पाईपको माध्यमद्धारा विद्युतिय उर्जा उत्पादन गरिनेछ । 
अध्ययन अनुसार आयोजनाबाट वार्षिक ४२.९५८ गिगावाट  विद्युतीय उर्जा उत्पादन हुनेछ । उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता (पि.पि.ए) अनुसार जिरी खिम्तीसव स्टेशन सम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरीने छ । आयोजना समयमै सम्पन्न गर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स ग्यारेन्टी” वुझाएको छ । 
यो लगानी सम्झौता भएको २/३ महिना भित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी बि.सं.२०७६ पौष १ भित्रै विद्युत उत्पादन गरिने लक्ष्य लिइएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री