परराष्ट्रमन्त्री देउवा र अजरबैजानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता


संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिता जनाउन जेनेभामा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच द्विपक्षीय भेटवार्ता भएको छ।

यो भेटवार्ता साइडलाइनमा सम्पन्न भएको र त्यसका क्रममा दुई नेताबीच द्विपक्षीय हित र आपसी चासोका विषयमा गहन छलफल भएको जानकारी परराष्ट्रमन्त्री राणाको सचिवालयले दिएको छ।

Advertisement

परराष्ट्रमन्त्री राणा ले अजरबैजानलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २९औं सम्मेलनको सफलतापूर्वक आयोजना गर्नेको लागि बधाई दिइन्। यस अवसरमा उनले नेपाल र अजरबैजानका बीच ‘नाम’ र ‘जी-७७’ जस्ता संगठनमा विकासशील देशका साझा समस्याहरू अन्तर्राष्ट्रिय मञ्चमा उठाउनको लागि कडा सहकार्य रहेको उल्लेख गरिन्।

दुवै देशले जलवायु परिवर्तनका मुद्दामा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन्, र परराष्ट्रमन्त्री राणाले अजरबैजानको जलवायु परिवर्तनमा प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील राष्ट्रहरूको समस्यामा अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउने आशा व्यक्त गरिन्।

भेटका क्रममा, परराष्ट्रमन्त्री राणाले अजरबैजानलाई आगामी मे महिनामा आयोजना हुने सगरमाथा संवादमा सहभागिता जनाउन निम्तो समेत दिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री