
साताको अन्तिम कारोबार दिन, आज नेप्से परिसूचक सामान्य वृद्धि सहित बन्द भएको छ। नेप्से ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा पुगेको छ।
आज ३०९ कम्पनीका १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर खरिद-बिक्री भई कुल कारोबार रकम ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँ पुगेको छ।
समूहगत रूपमा जीवन बीमा, निर्जीवन बीमा, अन्य, र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
त्यसैगरी, वन नेपाल लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर, लक्ष्मी लघुवित्त, र उपकार लघुवित्तका लगानीकर्ताले नाफा कमाएका छन्, भने बाराही हाइड्रोपावर, भुगोल इनर्जी, र दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले घाटा बेहोरेका छन्।









प्रतिक्रिया