ओडिशा सरकारद्धारा किट विद्यार्थीहरूको हितका लागि सहायता डेस्क गठन
ओडिशा सरकारको उच्च शिक्षा विभागले हालै किट (Kalinga Institute of Industrial Technology – KIIT) विश्वविद्यालयमा भएको दुःखद घटनालाई गम्भीर रूपमा लिँदै विद्यार्थीहरूको सुरक्षाका लागि २४/७ सहायता डेस्क गठन गरेको छ।
किट, भुवनेश्वरमा रहेको निजी विश्वविद्यालयमा एक विद्यार्थीको मृत्यु भएपश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै, प्रभावित विद्यार्थीहरूको सुरक्षा, उनीहरूको सुरक्षित फिर्ती तथा शैक्षिक हित संरक्षण गर्न सरकारद्वारा यो सहायता डेस्क स्थापना गरिएको हो।
यस सहायता डेस्कको नोडल अधिकारी श्री काली प्रसन्न महापात्रा, आईएएस, निर्देशक, उच्च शिक्षा विभाग रहनेछन् भने डा. राजता मनसिंह, उपनिर्देशक, उनलाई सहयोग गर्नेछन्। सहायता डेस्कमा ९ जना कर्मचारी रहनेछन्, जसले चौबीसै घण्टा सेवा प्रदान गर्नेछन्।
सहायता डेस्कका सम्पर्क नम्बरहरू 0674-2396550, 0674-2323401, 0674-2323402, 0674-2323403 रहेका छन्। साथै, विद्यार्थी तथा अभिभावकहरूले WhatsApp नम्बर 9124620605 मार्फत पनि सहायता डेस्कसँग सम्पर्क गर्न सक्नेछन्।
यो सहायता डेस्कले प्रभावित विद्यार्थीहरूलाई व्यक्तिगत कल्याण तथा विश्वविद्यालय सुरक्षित रूपमा फर्कन आवश्यक सहयोग प्रदान गर्नेछ। सरकारले प्रभावित विद्यार्थीहरू तथा अभिभावकहरूलाई सहायता डेस्कसँग सम्पर्क गर्न अनुरोध गरेको छ ताकि उनीहरू आफ्नो शैक्षिक यात्रा पुनः निरन्तरता दिन सकून्।
प्रतिक्रिया