शुक्रबार, २७ असार २०८२

साइग्रेस पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा नियुक्त

समयपोष्ट २०८१ माघ २९ गते १६:२८

Advertisement

स्टोरी टेलिङमार्फत आफ्नो अलग्गै पहिचान बनाएका साइग्रेस पोखरेल (सन्तोष पोखरेल) आइएमई लिमिटेडको स्टोरी एम्बेसडरमा नियुक्त भएका छन्। विश्व श्रम बजारमा छरिएर रहेका नेपालीहरूको भोगाइ, देखाइ, र अनुभूतिलाई कथा मार्फत घर-आँगन तथा परिवारसम्म पुर्‍याउने उद्देश्यले उनलाई एम्बेसडर चयन गरिएको हो।

नेपालमा सिकेको सीप र क्षमतालाई विश्व बजारमा पुर्‍याउँदै देशमै योगदान पुर्‍याउने नेपाली युवाको संघर्ष र उपलब्धिको कथा अब साइग्रेसको आवाजमा सुन्न पाइनेछ। नेपालीहरू केवल कामको बाध्यताले होइन, जागरूकता र हुटहुटीले पनि विदेशमा पसिना बगाइरहेका छन् भन्ने सन्देश उनका कथाहरूले दिने विश्वास कम्पनीले व्यक्त गरेको छ।

साइग्रेस पोखरेल नेपाली कथा वाचनमा एउटा नयाँ आयाम थप्न सफल नाम हो। सामाजिक सञ्जालमा लाखौँले पछ्याउने साइग्रेस अब विश्वभर रहेका नेपालीहरूका भोगाइ र अनुभवलाई लिपिबद्ध गर्दै प्रस्तुत गर्नेछन्। उनले आवाज दिएका सामग्रीहरू आइएमईका यूट्यूब, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा पोष्ट गरिनेछ। साथै, यी कथाहरू टिकटक र रिल्स जस्ता डिजिटल मिडियामा समेत समेटिनेछन्।

आइएमई लिमिटेडका महाप्रबन्धक बद्रि कटवालका अनुसार, विदेशमा कामको सिलसिलामा रहेका नेपालीहरूका भोगाइ, देखाइ, र अनुभूतिलाई कथात्मक शैलीमा प्रस्तुत गर्नु प्रेरणादायी मात्र नभई प्रभावकारी समेत हुनेछ।

Advertisement

नेपालका शहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै आइरहेको आइएमई लिमिटेडले आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवा प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै आएको छ। २२ वर्षे यात्रामा कम्पनीले ७७ वटै जिल्लामा करिब १२ हजार सब-एजेन्ट तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूको कमाइ सुरक्षित र छरितो रूपमा उनीहरूका आफन्तको हातमा पुर्‍याउने कार्य गरिरहेको छ।

परम्परागत रेमिटेन्स सेवालाई डिजिटल युगमा रूपान्तरण गर्दै आइएमईले विगत पाँच वर्षदेखि नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरी ‘आइएमई पे’ मोबाइल वालेटमार्फत डिजिटल रेमिटेन्स सेवा सञ्चालन गरिरहेको छ। अब विश्वभरका नेपालीहरूले आइएमईमार्फत पठाएको रकम सजिलै आफ्नै मोबाइलमा आइएमई पे एपमार्फत प्राप्त गर्न सक्नेछन्।

नेपालमा वित्तीय समावेशीकरण तथा डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आइएमई पेको मुख्य उद्देश्य बैंकिङ पहुँचबाट टाढा रहेका नेपालीहरूलाई डिजिटल माध्यमबाट वित्तीय सेवामा समावेश गराउनु हो।

साइग्रेस पोखरेलको आवाजमा प्रस्तुत गरिने कथाहरूले विदेशमा कार्यरत नेपालीहरूको संघर्षलाई उजागर गर्दै नेपालमा रहेका आफन्तलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री