बिहीबार, ६ कार्तिक २०८२

सूर्यज्योति लाइफको खुद नाफा ३.३७ प्रतिशतले वृद्धि

समयपोष्ट २०८१ माघ २२ गते ११:००

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १९.८३ प्रतिशत बढेको छ भने कुल आम्दानी १९.३५ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २२.२६ प्रतिशत र कुल खर्च १९(७८ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ।

५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ३८ करोड ६९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री