आइतबार, २३ वैशाख २०८१

साढे दश करोड नाघ्यो सानिमा जिआईसी इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०८० माघ २६ गते ११:२७

Advertisement

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २० दशमलव ९४ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले महाविपत्ती कोषमा ३ करोड २९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा १३ करोड ७५ लाख ९ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५८ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९ र८० को असार मसान्तसम्ममा कम्पनीको बीमा कोष २ अर्ब ७१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ४ अर्ब १५ करोड पुगेको छ ।

Advertisement

समिक्षा अवधिमा कम्पनीले ८६ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५७ करोड १ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ३६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा २९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३२ प्रतिशतले बृद्धि भएको छ ।

समिक्षा अवधिमा कम्पनीले १ करा ३४ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८० लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५६ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री