सोमबार, २४ वैशाख २०८१

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा

समयपोष्ट २०८० माघ १८ गते २०:२८

Advertisement

मेटलाइफले फच्र्युन म्यागजिन-२०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको छ ।

उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको थियो ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युनको कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।

मेटलाइफका अध्यक्ष र सीईओ मिशेल खलफले भने, “हामी हाम्रा सबै सरोकारवालाहरूका लागि साझा मूल्यको सद्भावपूर्ण सर्कल सिर्जना गरेर हाम्रो उद्देश्यलाई जीवनमा ल्याउँछौं । “यो मान्यता हाम्रा कर्मचारीहरूको हो जसले हाम्रा ग्राहकहरू र विश्वभरका समुदायहरूका लागि थप विश्वस्त भविष्य निर्माण गर्न हरेक दिन काम गर्छन् ।”

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री