सोमबार, ७ जेठ २०८१

भारतको आर्थिक सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेज भवन हस्तान्तरण

समयपोष्ट २०७९ फागुन १५ गते १९:१३

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको मदन भण्डारी स्मृति कलेज भवन आज कलेज व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार एक कार्यक्रमकाबिच उक्त भवन कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत यस कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा कूल नेरु २.८६४ करोडको लागतमा भएको हो ।

Advertisement

स्थापनाकालदेखि नै यस कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा देशका विभिन्न जिल्लाका १५०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । यस कलेजले विभिन्न विषयमा अध्यापन गराउदै आएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४७८ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् । यस बाहेक यस कलेजलाई प्रदान गरिएको एक स्कुल बस सहित भारत सरकारले हालसम्म काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री