आइतबार, ६ जेठ २०८१

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त – द मेडिसिटि अस्पतालमा विशेष छुट

समयपोष्ट २०७९ फागुन १४ गते १२:५९

Advertisement

सिटिजन्स बैंक र भारतको गुडगाँव हरियाणास्थित मेदान्त– द मेडिसिटि अस्पतालबिच बैंकका ग्राहकहरुलाई उपचारमा छुट दिने सम्झौता भएको छ ।

बैंक र अस्पतालबिच अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो ।

यस सहकार्यले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको जनाएको छ ।

Advertisement

बैंकले १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री