आइतबार, ६ जेठ २०८१

एन आई सी एशिया लघुवित्तको अध्यक्षमा राठी, संचालकमा भारी नियुक्त

समयपोष्ट २०७९ फागुन ८ गते १५:५२

Advertisement

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त भएका छन् ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार सोहि मितिबाटै लागु हुने गरी राठी र भारीलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको थियो ।

लघुवित्त वित्तीय संस्थाको आज बसेको १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको छ । साथै, उक्त सञ्चालक समिति बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरुको सर्वसम्मतिमा सञ्चालक सन्तोष कुमार राठीलाई अध्यक्ष चयन गरिएको हो । उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

नवनियुक्त सञ्चालक (अध्यक्ष) सन्तोष कुमार राठीले आज प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् भने सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गरेका हुन् । सन्तोष कुमार राठी र दिनेश भारी हाल एन आई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् ।

Advertisement

राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानून तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले १६६औँ सञ्चालक समितिको बैठकमा उच्चतम बैंकिङ्ग अनुभव प्राप्त व्यक्तिहरुलाई संस्थाको सञ्चालकका रुपमा स्वागत गरेका थिए । उनले नवनियुक्त अध्यक्ष तथा सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्तीय संस्थाहरु माझमा अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ । यस आ.व. २०७९/८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०३,८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ । यसका साथै, यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्निपिडित परिवारहरुलाई खाद्यान्य तथा सामाग्री सहयोग, शितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ । यसका साथै संस्थाले ग्राहक सदस्यहरुको स्थायित्व, प्रगती तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वको लागि शिक्षा, स्वास्थ तथा व्यवसाय प्रवद्र्धनमा नियमित रुपमा लाग्दै स्थापना देखि हाल सम्म गा्रहक संरक्षण कोषबाट रु ३ करोड भन्दा बढी खर्च गरिसकेको छ ।

“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री