आइतबार, ६ जेठ २०८१

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

समयपोष्ट २०७९ फागुन ७ गते ११:५७

Advertisement

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्।

अनिल उपाध्याय चार वर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।

बैंक सञ्चालक समितिले शनिवार गुरुङलाई नियुक्त गरेको हो।

उनी सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। सिभिल बैंक छाडेर उनी म्यानमारको एक बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए।

Advertisement

त्यसपछि उनी कृषि विकास बैंकमा नियुक्त भएका हुन्। चार वर्षे कार्यकालका लागि नियुक्ति लिएका गुरुङले सोमबारबाट कार्यभार सम्हाल्ने छन् ।

उनी हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक हुँदै सिभिल बैंक पुगेका थिए। नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री