मंगलबार, १८ वैशाख २०८१

३३.७० प्रतिशतले बढ्यो युनाइटेड इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०७९ माघ २९ गते १२:४४

Advertisement

युनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३३.७० प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ५८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ४०.८५ प्रतिशतले घटेर २६ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन बापत ६ करोड ४८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ३ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ८७ लाख रुपैयाँ, बीमा कोषमा ४६ करोड ७२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ३०.३४ गुणा बढी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री