मंगलबार, १८ वैशाख २०८१

३२.६२ प्रतिशतले बढ्यो एशियन लाइफको खुद नाफा

समयपोष्ट २०७९ माघ २९ गते १२:०६

Advertisement

एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २६ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफा भने ३२.६२ प्रतिशतले बढेर १९ करोड १२ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको नाफा हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ, बीमालेख धितोमा ४ अर्ब ५२ करोड १६ लाख रुपैयाँ लगानी गरी १४ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ९ अर्ब ९० करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५३ करोड ३३ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३४ अर्ब ८० करोड ९९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १७ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात ५२ गुणा बढी रहेको छ ।

कम्पनीले यस अवधिमा ६ लाख ७ हजार ८४ वटा बीमालेख जारी गरी ३ अर्ब ४२ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री