मंगलबार, १८ वैशाख २०८१

प्रभु इन्स्योरेन्सको खुद नाफा बढ्यो

समयपोष्ट २०७९ माघ २९ गते १२:०२

Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्स कम्पनीले ९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सोही अवधिमा कम्पनीले ४० करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले १० करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष ११ करोड ७७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २ सय रुपैयाँ रहेको छ ।

१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २४ करोड ६८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३२ करोड २२ लाख रुपैयाँ थियो । कम्पनीको बीमा कोषमा ९६ करोड २७ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री