मंगलबार, १८ वैशाख २०८१

शिखर इन्स्योरेन्सको लाभांश पारित

समयपोष्ट २०७९ माघ २६ गते ८:१७

Advertisement

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेकाे छ ।

बुधबार कम्पनीको केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा १७ औँ र १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँको १६ प्रतिशतका दरले हुन आउने ३६ करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत अर्थात १ करोड ९२ लाख ५१ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यस्तै अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पास्ताव पनि पारित भएको छ ।

सभाले लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी दिने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

हाल कायम चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत अर्थात ३६ करोड ५७ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री