सोमबार, १७ वैशाख २०८१

आशा लघुवित्तको लाभांश घोषणा

समयपोष्ट २०७९ माघ २४ गते १०:३२

Advertisement

आशा लघुवित्तले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री