बिहीबार, ३ जेठ २०८१

बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

समयपोष्ट २०८१ वैशाख १७ गते १३:५१

Advertisement

बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो ।

लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो ।

साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री