शुक्रबार, १४ वैशाख २०८१

अन्य दलसँग छलफल गरेर राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

समयपोष्ट २०७९ माघ १९ गते १०:४५

Advertisement

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको कांग्रेस संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

त्यसको लागि अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको लेखकले बताए ।

त्यस्तै बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री