प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक सकियो, एमसीसीमाथि छलफल अघि बढाउने निर्णय

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक सकिएको छ ।

Advertisement

बिहीबार संघीय संसद भवनको शंकर हलमा बसेको बैठकले संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढाउने निर्णय गरेको छ ।

बैठकले सदनमा बोल्न चाहने सबै संसद सदस्यहरुले छलफलमा भाग लिन पाउने निर्णय समेत गरेको छ । बोल्ने सदस्यहरुलाई ५ मिनेटको समय उपलव्ध गराइने निर्णय बैठकले गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी बारे सैद्धान्तिक छलफल हुँदैछ । बैठक केही बेरमा बस्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री