शुक्रबार, ४ जेठ २०८१

नेपालको सबै भन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक

समयपोष्ट २०७८ फागुन १० गते २०:०७

Advertisement

नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन, सीजी मोटोकर्प काठमान्डौको आधिकारिक डिलर प्रबिशा ट्रेडिङ्ग प्रा.ली ले एरपोर्ट शोरुममा सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार,‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको छ ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिंग कष्ट कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ, नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ ्र

प्रबिशा ट्रेडिङ्ग प्रा। ली। का प्रबन्ध निर्देशक प्रबिण बिक्रम शाहीका अनुसार.“सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो, न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज , बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेछ्र

अल न्यु सेलेरियोले थ्रि डि अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ। स्टाइलिश थ्रि डि अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित

Advertisement

गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजाउत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ। १५” (३८.०२ सेन्टीमिटर) अर्बन कालो अल्लो पाङ्ग्रा र अगाडिको फगल्याम्पले यसमाजीवन्त शैलीको आकर्षण थप्दछ ्र

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्ट सहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ।

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटी यूक्त के सिरीज इन्जिन प्रयोग गरेको छ जसले नेपालमै सर्वाधिक यूक्त के सिरीज इन्जिनमाइलेज दिनसक्ने छ। सेगमेंटमै पहिलो Idle Start–Stop प्रयोग गरिएको नयाँ सेलेरियोले CO2 emissionsलाई १९% सम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा संचालित, नयाँ सेलेरियोले 89Nm@3500rpm को टर्क र 67ps@5500RPM को पावर प्रदान गर्दछ। नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कूल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ।

सुजुकीको Advanced HEARTECT प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । HEARTECT प्लेटफर्मले कारको क्र्यास, Rigidity र समग्र बललाई सुधार गर्छ । उच्चतन्य स्टीलको व्यापकप्रयोग र १२+ सुरक्षा सुविधाहरूले तपाईं र तपाईंका प्रियजनहरूका लागि सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको बिश्वास छ ।

रमाइलो र आराम्दाई ड्राइभिङ अनुभवको लागि nflu17.78cm (7 inch) SmartPlay studio infotainment system उपलब्द गरिएको छ।

यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिनपुश स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनिल्याइएका छन्। माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थपआराम्दाई हुँने कम्पनीले जनाएको छ।

‘भीएक्सआइ’ भेरियन्टको मूल्य २७ लाख ९९ हजार, जेडएक्सआइको २९ लाख ९९ हजार र जेडएक्सआइको मूल्य ३१ लाख ९९ हजार तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री