सोमबार, १७ वैशाख २०८१

डिशहोमद्धारा महेन्द्रनगरमा डिलर दाइहरुलाई सम्मान

समयपोष्ट २०७८ फागुन १० गते १७:३१

Advertisement

महेन्द्रनगरमा डिश होम, डिश होम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने, महेन्द्रनगरका के.पि.ईन्टरप्राईजेज, महेन्द्रनगरका बेताल मोबाईल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफरलाई उपहार र प्रमाण पत्र प्रदान गरिएको छ।

महेन्द्रनगर सर्बिश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ। साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन्। कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकताअनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ। कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १०एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री