आइतबार, ६ जेठ २०८१

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष हमालले सम्हाले कार्यभार

समयपोष्ट २०७८ फागुन ८ गते १२:०५

Advertisement

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आइतबार पदभार ग्रहण गरेका छन्।

अर्थमन्त्री जनार्दन शर्माबाट शुक्रबार सपथग्रहण गरेपछि उनले आज पदभार ग्रहण गरेका हुन्। बिहीबार बसेको मन्त्री परिषदको बैठकले हमाललाई अध्यक्ष नियुक्त गरेको थियो।

बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्‍नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री