सोमबार, १७ वैशाख २०८१

टिकाथलीमा पनि डिशहोम फाईवरनेटको सोरुम

समयपोष्ट २०७८ फागुन ४ गते १८:१२

Advertisement

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको टिकाथलीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

फागुन ४ देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन टेककेयर टेक्नोलोजिले गर्नेछ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकार र रबिन थापाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको टेककेयर टेक्नोलोजिले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ।

२ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको टेककेयर टेक्नोलोजिले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने टेककेयर टेक्नोलोजिका संचालक दिपक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री