शुक्रबार, ४ जेठ २०८१

नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क २४.०२ प्रतिशतले वृद्धि

समयपोष्ट २०७८ माघ २८ गते १४:४५

Advertisement

नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २४.०२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ४८ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा ६ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ कर्जा लागनी गरी २७ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने ३९.०३ प्रतिशतले घटेर १४ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ । यो बीमांकिय मूल्यांकन अघिको मुनाफा हो ।

Advertisement

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद नाफासँगै प्रतिशत आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको यहि अवधिमा १५ रुपैयाँ ३४ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५० पैसामा सीमित भएको हो ।

यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ०६ पैसा र मूल्य आम्दानी अनुपात १३०.२४ गुणा रहेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष ४७ अर्ब २१ करोड १२ लाख रुपैयाँ, जगेडा कोषमा एक अर्ब १ करोड २२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३१ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

कुल १० लाख ८२ हजार ४७६ वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले ६ अर्ब ८० करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सले १७ हजार ९३७ वटा दाबी बापत २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६१ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री