शुक्रबार, ४ जेठ २०८१

हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क ९.८४ प्रतिशतले वृद्धि, खुद नाफा ५ करोड २२ लाख

समयपोष्ट २०७८ माघ २८ गते १४:३२

Advertisement

हिमालयन जनरल इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्ममा ५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा १४.६३ प्रतिशत कम हो । गत आर्थिक वर्ष ६ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एक अर्ब १० करोड ३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड २१ लाख रुपैयाँ सञ्चित छ। जगेडा कोषको आकार गत आर्थिक वर्षको तुलनामा २६ प्रतिशत घटेको छ।

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा ६४ करोड ३० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमाकोष ८.८३ प्रतिशत वृद्धि भएको देखिन्छ। इन्स्योरेन्सको महाविपत्ति कोषमा एक करोड ९० लाख रुपैयाँ छ, जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६२.९६ प्रतिशत घटेको छ।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ९.८४ प्रतिशत वृद्धि हुँदै १७ करोड ५९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले १६ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।

Advertisement

इन्स्योरेन्सले दोस्रो त्रैमाससम्म आइपुग्दा २ हजार ७ सय ९२ वटा बीमालेख बापत २० करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ५ हजार ४ सय २ वटा बीमालेख बापत ७७ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ ।

समीक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्सको प्रति सेयर आम्दानी ९.४९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १७८.५४ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २६०.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८१.०२ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री