शुक्रबार, २८ वैशाख २०८१

शिवम् सिमेन्ट्सको खुद नाफा ४२ करोड ७३ लाख, बिक्री आम्दानी ८.१६ प्रतिशतले वृद्धि

समयपोष्ट २०७८ माघ २८ गते ९:३०

Advertisement

शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बिक्री आम्दानी र कुल आम्दानी बढेपनि खर्चहरु बढेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ८.१६ प्रतिशत बढेको छ भने कुल आम्दानी ७.५९ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५४ प्रतिशत बढेको छ।

Advertisement

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २६ रुपैयाँ ८० पैसाबाट ७ रुपैयाँ ३८ पैसा घटेर १९ रुपैयाँ ६० पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७७.६० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५९ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री