बुधबार, २ जेठ २०८१

क्लास्सिक टेक “रिन्युल सापटी” बाट ७ दिन सम्म रिचार्ज

समयपोष्ट २०७८ माघ २३ गते १२:२२

Advertisement

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले “रिन्युल सापटी” सेवा ल्याएको छ।

जसमा ग्राहकले क्लासिक टेक एपबाट एक क्लिकमा सात दिनसम्म रिचार्ज सापटी लिन सक्ने कम्पनीले जनाएको छ ।

यस्तो ७ दिन सम्मको सुबिधा नेपालमानै पहिलो पटक भएको कम्पनीले जनाएको छ । क्लासिक टेकका ग्राहकलाई तोकिएका प्याकेजमा १ दिन देखि ७ दिन सम्म रिन्युल सापटी लिन मिल्ने छ।
ग्राहकले यो सुबिधा लिनको लागि आफ्नो क्लासिक टेकको एप लग इन गरेर कष्टुमर पोर्टलमा गएर गर्नु पर्ने हुन्छ।

यो लिंक बाट एप डाउनलोड गर्न http://onelink.to/v4u3t9 को प्रयोग गर्नुपर्ने छ । यो विशेष अफर कम्पनीले आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको हो ।भविष्यमा कम्पनीले कष्टुमर सर्भिसलाई मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने जनाएको छ ।

Advertisement

नेपालमा सन् २००९ देखि सुभाराम्भ भएको क्लासिक टेकको मुख्य उदेश्य देशका बिकशित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा न्युन मुल्यमा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने रहेको छ ।

क्लास्सिक टेकले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्यमा स्वस्थ स्फुर्थ सेवा दिदैं आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री