बुधबार, ९ जेठ २०८१

सन्दीपको निलम्बन फुकुवा

समयपोष्ट २०८१ जेठ २ गते १९:३०

Advertisement

क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेको छ ।

बुधबार उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । क्यानले आज प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ ।

‘सम्मानित उच्च अदालत पाटनको बुधबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुंदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ’, विज्ञप्तिमा भनिएको छ ।

यससँगै सन्दीपले टी–२० विश्वकप खेल्ने बाटो समेत खुलेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री