शुक्रबार, १४ वैशाख २०८१

अन्तरिम विधान बनाउन कार्यदल बैठक बस्दै

समयपोष्ट २०७४ फागुन १५ गते ५:४५

एमाले–माओवादीबीच एकीकरणका लागि अन्तरिम विधान बनाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ ।

Advertisement

बैठक मंगलबार केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो साढे १२ बजे बस्ने भएको हो । आजको बैठकले दुई पार्टी एकीकरणको मापदण्डसहितको कार्यतालिका निर्माण गर्ने कार्यदलका प्रवक्ता एमाले सचिव गोकर्ण बिष्टले जानकारी दिए ।

उनले भने,‘तोकिएको समयसीमा (फागुन २५) भित्र अन्तरिम विधान र संगठनात्मक अवधारणाको मस्यौदा तयार पार्ने कार्यतालिका बनाइन्छ । त्यसमा दुवै पार्टीका संगठानात्मक संरचनालाई विशेष ध्यान दिइनेछ । त्यस्तै भातृ संगठन, प्रवास, संविधानले भनेको संघीयता लगाययतलाई आधार मानेर अन्तिरिम विधानका लागि कार्यतालिका बनाइन्छ,’।

कार्यदलले पार्टी केन्द्रदेखि गाउँ तहसम्मका कमिटीहरु एकीकरण गर्न ठोस आधार तय गर्नेछ ।

यो कार्यदलमा संयोजक माओवादी नेता रामबहादुर थापा बादल छन् भने एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, रघुवीर महासेठ र बेदुराम भुसाल सदस्य रहेका छन् ।

माओवादीबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री