शनिबार, १५ वैशाख २०८१

वाईसिएलले निःशुल्क एमबीबीएस पढाउने

समयपोष्ट २०७४ फागुन १३ गते ७:२०

माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपाल काठमाडौं जिल्लाले यो बर्ष एक जना उत्कृष्ट बिद्यार्थीलाई एमबबिएस पढाउने भएको छ ।

Advertisement

वाइसिएल काठमाडौंको बैठकले गरीब तथा जेहेन्दार र पिछडिएको सामुदायबाट एक जना बिद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरेको हो ।

‘नेपालमा पहुचवाला र पैसावालाको छोराछोरीले मात्र एमबिबिएस पढ्न सक्ने अवस्था रहेको छ । क्षमता भएर पनि पहुच र पैसा नहुँदा धेरै क्षमतावान बिद्यार्थीले निराश हुनु परेको छ’ वाईसिएल जिल्ला अध्यक्ष मान बहादुर तामाङ  (शीशिर्) ले समयपोष्टसंग भने, ‘यो हाम्रो शुरुवाती अभियान मात्र हो, यसलाई आगामी बर्षहरुमा अझ शसक्त रुपमा अगाडि बढाउने छौ ।’

उनले साकेंतिक रुपमा वाईसिएल नेपाल युवाहरुप्रती उत्तरदायी छ भन्ने स्थापित गर्न पनि यस्तो काम शुरु गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री