शनिबार, ८ वैशाख २०८१

वास्तविक शहीदको सम्मान हुन नसकेपछि अव शहीद घोषणाको मापदण्ड बनाइने

समयपोष्ट २०७४ फागुन १२ गते १५:२१

शहीद ऋषिराज देवकोटाको ३७ औँ स्मृति दिवस आज मनाइएको छ ।

Advertisement

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै पार्टीका काठमाडाँै–सिन्धुली सम्पर्क मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले शहीद देवकोटाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एमाले महासचिव पोखरेलले शहीदकै योगदानले नै मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको चर्चा गदै उहाँले अबको सरकारले शहीदको सम्मान गर्ने बताउनुभयो । उहाँले शहीदको मापदण्ड नहुँदा जो सुकै पनि शहीद हुने गरेको भन्दै अबको सरकारले शहीदको बारेमा मापदण्ड बनाउने बताउनुभयो ।

माओवादी केन्द्रका नेता गजुरेलले वास्तविक शहीदको सम्मान हुन नसकेको बताउनुभयो । कार्यक्रममा शहीद देवकोटाका धर्मपत्नी गोमालाई सम्मान गरिएको थियो ।

विसं २०३६ साल फागुन १२ गते देवकोटा भूमिगत अवस्थामा रहेको बेला पक्राउ गरी तत्कालीन राज्य पक्षले हत्या गरेको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री