बिहीबार, १३ वैशाख २०८१

टुँडिखेलबाट विश्वलाई यसरी दिइदैछ ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश

समयपोष्ट २०७४ फागुन १२ गते १५:१८

 विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने सन्देश दिन यही फागुन १९ गते टुँडिखेलमा धम्मपद ९बुद्ध वचन० वाचन गर्ने भएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मुलुकको गौरवलाई अन्तर्राष्ट्रिय तहमा फैलाउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ । 

सो कार्यक्रममा वरिष्ठ चिकित्सक डा भोला रिजालले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएका बुद्ध नेपालमा जन्मेको भन्नेबारे कुनै पनि भ्रम नरहेको बताउँदै यसले सुनियोजित रुपमा गलत सन्देश प्रवाह गर्नेलाई यथार्थलाई प्रष्ट पार्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

पूर्व उपप्रधानमन्त्री वामदेव गौतम र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धको विचारले अन्तर्राष्ट्रिय तहमा एक अर्बभन्दा बढी मानिसलाई आकर्षित गरिरहेको अवस्थामा उनको नामबाट राष्ट्रलाई चिनाउने कार्य महत्वपूर्ण भएको बताउनुभयो । 

सो कार्यक्रमका लागि सदभाव दूत पत्रकार रवि लामिछाने आफूले गिनिज बुकमा नाम लेखाउँदा पनि सोही शीर्षकलाई उठाएको उल्लेख गर्नुभयो । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले हरेक वर्ष जनस्तरबाट बुद्धलाई स्मरण गर्ने कार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमका उपाध्यक्ष संघर्ष विष्टले बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको बताउनुभयो । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री