बिहीबार, १३ वैशाख २०८१

ओलीको जन्मदिनमा विप्लव कार्यकर्ताले किन गरे यस्तो

समयपोष्ट २०७४ फागुन ११ गते ९:४१

विप्लव नेतत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

Advertisement

पार्टीको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो सदरमुकाम तम्घासमा प्रधानमन्त्रीको पुत्ला दहन  गरिएको हो ।

विहानै देखि सुरुक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहे पनि  पुत्ला दहन गर्न विप्लवका कार्यकर्ता सफल भए  ।

संगठनले हिजै पत्रकार सम्मलेन गरी प्रधानमन्त्री ओलीको पुत्ला दहन कार्यक्रम रहेको कुरा जानकारी गराई सकेको थियो ।

सो पार्टीका दुई जना नेतालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री