शुक्रबार, १६ चैत २०८०

गृहमन्त्रीमा तीन नेताको दाबी परेपछि माओवादीलाई मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन धौँ धौँ

समयपोष्ट २०७४ फागुन ९ गते ९:१५

माओवादी केन्द्रका तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीलाई मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन निकै कठिन भएको छ ।

Advertisement

गृहमन्त्रीमा  रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माले दाबी गरेपछि माओवादीलाई  मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन  गाह्रो परेको हो ।

स्रोतका अनुसार बादललाई गृह दिने सम्भावना कम छ । बादललाई उपप्रधानमन्त्री दिएर गृहबाहेक अर्कै मन्त्रालय दिने र गृहमन्त्रीमा काम गर्न सक्ने नेतालाई लैजाने विकल्पका बारेमा पनि छलफल भइरहेको बताईएको छ ।

सरकारमा माओवादीको नेतृत्व ‘बादल’ले गर्ने सहमति जुटेको तर मन्त्रालय भने अझैँ टुंगिएको छैन ।

प्रदेश ३ बाट राष्ट्रियसभामा निर्वाचित भएसँगै उनलाई राष्ट्रियसभा अध्यक्षको दावेदारका रुपमा हेरिएको थियो । एमालेले पनि प्रतिनिधिसभाको सभामुख आफूले लिन सहज हुने भन्दै बादललाई बनाउन ग्रिन सिग्नल दिएको थियो ।

तर, बादलले भने सरकारमा जाने इच्छा देखाएका छन् । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए ।

 

माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री