बिहीबार, १३ वैशाख २०८१

माओवादीले कति र कुन मन्त्रालय पाउने अझै टुंगो नलाग्नुको कारण यस्तो रहेछ, प्रचण्डले पार्टी बैठकमा यसरी गरे खुलासा

समयपोष्ट २०७४ फागुन ९ गते ७:३७

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  कति मन्त्रालय र कुन मन्त्रालय पाउने भन्ने अझै टुंगो लागिनसकेको बताएका छन् ।

Advertisement

बुधबार बिहान खुमलटारमा पार्टीका एक दर्जन नेतासँग कुराकानी गर्दै  प्रधानमन्त्री ओलीसँग थप छलफल गरेर मन्त्रीको नाम र पाउँने मन्त्रालयको संख्या टुंगो लगाउँने बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार  अनौपचारिक बैठकमा  प्रचण्डले यसपाली नतिजा निकाल्न सक्ने मन्त्री चाहिने हुँदा पार्टीका तर्फबाट सरकारमा जाने नेता समृद्धि र विकासमा नतिजा दिनसक्ने योग्य, दक्ष र प्रतिबद्ध  हुनपर्ने बताए ।

प्रचण्डले प्रधानमन्त्री ओलीसँग ‘वान टू वान’ कुरा गरेपछि सके आजै नभए भोलिसम्ममा पार्टीका तर्फबाट सरकारमा सहभागी नेताको नाम टुंगाइने समेत जानकारी दिए ।

उनले प्रधानमन्त्री ओलीसँग राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका विषयमासमेत कुरा हुँने बताएका छन् ।

अध्यक्ष प्रचण्डले बादलले  सरकारको नेतृत्व  गर्ने करिव–करिव निश्चित भएको साथै सके एकै चरणमा नभए चरण–चरणमा नेताहरुलाई मन्त्रिमण्डलमा सहभागी गराइने जानकारी दिईएको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री