बुधबार, १२ वैशाख २०८१

प्रजातन्त्र दिवसको अवसर पारेर गगनसहितका नेताले शूरु गरे कांग्रेस जोगाउने अभियान (हेर्नुहोस् बिज्ञप्तीको पूर्णपाठ)

समयपोष्ट २०७४ फागुन ७ गते १३:४४

निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण अभियान सुरु गरेका छन् ।

Advertisement

नेपाली कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी लगायतकाले देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । चुनाब हारेपछि पार्टीमा क्राइसिस आउँदा कार्यकर्तामा उत्साह गराएकाले पुनर्जागरण अभियान सुरु गरेको कांग्रेस नेता गगन थापाले बताए । ‘हाम्रो अभियान नेता विरुद्ध होइन,’ थापाले भने, ‘गुटवन्दीका लागि होइन, सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुनस्स्थापित गर्न हो ।’ थापाले पार्टी भित्र ठूलो उथलपुथल ल्याउनु पर्ने बताए ।

कांग्रेसकै नेतृत्वमा सात दशकदेखि नटुङ्गिएको एउटा महत्वपूर्ण अध्यायको दायित्व पूरा हुनु कांग्रेसको राजनीतिक विजय भएको थापाले बताए । ‘चुनाव हारेको मात्र होइन कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ,’ थापाले भने, ‘जनताको विश्वास फर्काउन आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प देखाउन सक्नुपर्छ ।’ यो अभियान सवै प्रदेश, जिल्ला र स्थानिय तहमा सञ्चालन गर्ने बताए ।

पुनर्जागरण अभियान घोषणा गर्दै अर्का नेता चन्द्र भण्डारीले अब गुट–उपगुटबाट माथि उठेर संगठन सदृढीकरण अभियान सुरु गरेको बताए । ‘सबै प्रकार चुनौती सामान गर्न तयार हुनुपर्छ,’ भण्डारीले भने, ‘पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन अभियान सुरु गरेको हो ।’

कांग्रेस नेता गुरु घिमिरेले अहिलेको पार्टी सञ्चालन शैलीले चुनौती पार नहुने बताए । ‘यो अभियान कुनै नेताको नभई कांग्रेसको हो,’ घिमिरेले भने, ‘राजनीतिक पाठ्यक्रम फेरिएकाले कांग्रेसले पनि आँफूलाई परिमार्जन गर्नुपर्छ ।’ अभियान घोषणा कार्यक्रममा धनराज गुरुङ, प्रदिप पौडेल, रामहरी खतिवडा लगायतले पार्टीलाई नयाँ सिराबाट अघि बढाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा पूर्व सांसद सारदा पौडेल ,दिपक कुईकेल, सांसद धना खतिवडा, कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु मुस्कान ,रोल्पाका सभापति अमर पुन, सिन्धुपलान्चोकका सभापति विकास लामा, संखुवासभाका सभापति दिपन कुमार श्रेष्ठ, हुम्लाका सचिव मोहन विक्रम सिंह, होमनाथ पुरुषोत्तम दाहाल, रिता खनाल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

कांग्रेस नेता गगन थापाले प्रस्तुत गरेको संक्षिप्त अवधारणा

नेपाली कांग्रेस पुनर्जागरण अभियान

आज प्रजातन्त्र दिवस,२००७ सालको जनक्रान्तिलाई स्मरण गर्दै स्वतन्त्रताका निम्ति प्राण आहुती गर्ने सम्पुर्ण सहिदहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
नेपाली कांग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र सो अनुरुप सबै तहको निर्वाचन सम्पन्न भएको छ । यससंगै नेपाली राजनीतिको तत्कालको कार्यभार मात्र पुरा भएको छैन सात दशकदेखि नटुङ्गिएको एउटा महत्वपूर्ण अध्याय समेत समाप्त भएको छ । नेपालको राजनीति अन्ततस् लोकतन्त्रको सर्वस्वीकृत मार्गमा पुगेको छ, जुन हाम्रा दुरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकाल मै देखाएका थिए । निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो । तर कांग्रेसको राजनीति र विचारले जित्दैगर्दा पनि कांग्रेसले चुनाव जित्न सकेन ।

देशैभरि चुनाव हारेको मात्र होइन कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ, पार्टीका कार्यकर्ता अलमलिएका छन्,समर्थकहरू निराश छन र मतदातामा गहिरो अविश्वास छ । राजनीतिक विचारले जितेर पनि निर्वाचन हारेको र सवै तहमा नेता कार्यकर्ता अलमलिएको अनि कांग्रेसप्रति जनताको विश्वास गिरेको आजको वास्तविकता हो । के आजकै सैद्धान्तिक ब्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीले कार्यकर्ताको त्यो आत्मविश्वास र जनताको विश्वासलाई पुनस्स्थापित गर्न सक्छ? हाम्रा अगाडिको यक्ष प्रश्न यहि हो ।

कांग्रेसमा आज जुन अलमल छ,त्यो रहिरहँदासम्म जनताको विश्वास फर्काउन त परको विषय तत्कालको लागि प्रतिपक्षको भूमिका पनि प्रभावकारी हुन सक्दैन । संविधानलाई कार्यन्वयन गर्नुपर्ने यो संक्रमणकालमा केहि अफ्ठ्यारो र्पयो भने पनि पार्टीले अग्रसरता र समाधान दिन सक्दैन । अनि यहि गति र अवस्थामा कांग्रेसले ५ बर्षपछिको चुनाववाट आफ्नो साख फर्काउन सक्ला ? सक्दैन। त्यसैले कांग्रेस जतिसक्दो छिटो यो अलमलवाट बाहिर निस्कनै पर्छ ।

कार्यकर्तापङ्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनर्स्थापित गर्ने गरी पार्टीलाई दिशानिर्देश गर्न पार्टी्भित्र आत्मसमिक्षा मात्रै गरेर पुग्दैन त्यसलाई सच्याउँदै आफु वदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । निर्वाचन पश्चातको पिडावोधलाई शक्तिमा बदलेर फेरि पार्टीलाई द्रुततर गतिमा पुनर्जीवन दिन कांग्रेस नयाँ बन्नै पर्छ । त्यसको प्रारम्भ अविलम्ब महासमिति वैठक र सिघ्र महाधिवेशन गरेर हुनुपर्छ भन्नेमा हामी प्रष्ट छौं ।

यो नियमित प्रकृया हो, गर्नैपर्छ । त्यो भन्दा पनि महत्वपूर्ण पक्ष कांग्रेसमा पुनर्जागरण चाहिएको छ । एउटा यस्तो जागरण अभियान चाहिएको छ जसले तलदेखि माथिसम्म कांग्रेसलाई जागृत गराउन सकोस, संविधान कार्यन्वयनसँगै आरम्भ भएको नयाँ युगमा कांग्रेसको नयाँ लक्ष्य तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिड्नसक्ने संगठनको खाका कोर्न सकोस र जनतामा विश्वास भराउन सकोस ।

तात्कालिक रुपमा यो पुनर्जागरण अभियानले महासमिति वैठक र महाधिवेशनलाई अर्थपुर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्म अनुरुप देश संचालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यन्वयमा वाटो विराउन खोज्दा खवरदारी गर्नसक्ने कांग्रेस बनाउनेछ, काँग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृति सहितको पार्टी बनाउनेछ, पार्टीले नेतृत्व गर्नैपर्ने सामाजिक आन्दोलनका मुद्दाहरूलाई पहिचान गर्दै पार्टी्भित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पुनर्जागृत गरि सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा र्पुयाउनेछ ।

यससंगै यस अभियानले संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको शैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पुनर्व्याख्या गर्नेछ । संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिंदो आर्थिक सामाजिक परिवेश अनुरुप संगठनको पुनर्संरचना गर्दै नेपाली कांग्रेसलाई पुर्ण लोकतान्त्रिक, समावेशी, गतिशील र अनुशासित पार्टी वनाउन संगठनको खाका बनाउनेछ ।

त्यस्तै गतिशीलता,असल आचरण र समर्पण भएको स्वप्नशील नेतृत्व, पार्टी्भित्र सवै सदस्यले आत्मसम्मान र अपनत्व अनुभूति गर्ने तथा समान अवसर र न्यायको सुनिश्चितता हुन सक्ने एक्काइसौं सताव्दी अनुकुलको आधुनिक पार्टी निर्माण गर्न पार्टी्भित्र र वाहिर जनमत तयार गर्नेछ ।

नेपाललाई अवको १५ बर्ष भित्र कम्तिमा पनि अतिकम विकसित राष्ट्रको समुहबाट माथि उठाइ समान, सुखी र खुशी नेपाली भएको समुन्नत देश बनाउने संकल्प सहित नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर नेपालको आर्थिक सामाजिक रुपान्तरणको भरपर्दो सारथी बनाउने मुख्य ध्येयका साथ आज प्रजातन्त्र दिवसकै दिन यो वैचारिक जागरण अभियान प्रारम्भ गरिएको छ ।

हामी प्रष्ट गर्न चाहन्छौं(यो कुनै गुट होइन,कुनै ब्यक्ति बिरुद्ध लक्षित पनि होइन । यो पार्टी सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरूको अभियान हो।

प्रातस् स्मरणीय सहिदहरूलाई सम्झदै, हामी संकल्प गर्छौं( नेपाली काँग्रेसलाई २००७ सालको जस्तै क्रान्तिकारी र जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय अनि २१औं शताब्दी अनुकूलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गर्ने मात्रै होइन समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना,साहस र समर्पण सहितको नेतृत्व अनि जनताको भरोषा र विश्वास जितेको पार्टीको रुपमा पनि स्थापित गर्नेछौं ।

हामी संकल्प गर्छौं( निर्वाचनको म्याण्डेट अनुसार यो ५ बर्ष जिम्मेवार र सशक्त प्रतिपक्षको रुपमा नेपाली कांग्रेसको भूमिकालाई स्थापित गर्दै ५ बर्षपछि हुने सवै तहका निर्वाचनमा कांग्रेसलाई बहुमत सहितको पहिलो पार्टीको रुपमा स्थापित गर्नेछौं।

अभियानको पहिलो चरण

अभियानको पहिलो चरणमा सवै प्रदेश, जिल्ला र स्थानिय तह(नगर्गाँउपालिका र वडा)सम्म संविधान अनुसार परिवर्तित सन्दर्भमा पार्टीको सिद्धान्तको पुनर्व्याख्या, संगठनको पुनर्संरचना र काँग्रेसले अंगिकार गर्नुपर्ने आर्थिक सामाजिक विकासका मुद्दाहरूका सन्दर्भमा पार्टीका साथीहरू,भातृ तथा सुभेक्छुक संस्थाका साथीहरू र सुदृढ कांग्रेसको सुभेच्छासहित समाजको बिभिन्न तहमा क्रियाशील व्यक्तिहरूसंग संवाद र छलफल गरि सिद्धान्तको पुनर्व्याख्या र सांगठनिक दस्तावेज तयार गरिनेछ।

यसरी कांग्रेसको सवै तहमा छलफल गरि तयार गरिएको पार्टी पुनर्निर्माणको प्रस्तावित खाका सहितको एकिकृत दस्तावेजलाई अध्ययनको लागि पार्टीको हरेक तहमा र्पुयाइनेछ र पार्टीको महासमिति वैठक तथा महाधिवेशनमा प्रस्तुत गरिनेछ।

मितिस् २०७४ फागुन ७ गते, प्रजातन्त्र दिवस
जय नेपाल!

प्रतिक्रिया

सम्बन्धित सामाग्री