बिहीबार, १३ वैशाख २०८१

सरकारकै संरक्षणमा मुलुकमा बलात्कारको घटना बढ्दै गए : पूर्वप्रधानन्यायाधिश शुशिला

समयपोष्ट २०७४ फागुन ७ गते १३:३७

पूर्वप्रधानन्यायाधिश शुशिला कार्कीले पछिल्ला बलात्कारका घटनामा सरकारको हात रहेको बताएका छिन् ।

Advertisement

उनले सरकारकै संरक्षणमा मुलुकमा बलात्कारको घटना बढ्दै गएको आरोप लगाएकी छिन् ।

पूर्वप्रधानन्यायाधिश कार्कीले बलात्कारजस्तो राज्यविरुद्धको अपराध हुँदा समेत त्यसलाई मिलाउन प्रहरी प्रशासनले पैसाको चलखेल गर्ने गरेको भन्दै आपत्ति जनाइन् ।

सोमबार ‘मानव अधिकार वर्ष पुस्तक २०१८’  को विमोचन गर्दै उनले न्यायका लागि पहलकदमी लिन पनि पीडितहरुलाई आग्रह गरिन् ।

पूर्व प्रधानन्यायाधिश कार्कीले राज्य आर्दश भए मानव अधिकारको क्षेत्रमा देखिएको समस्या आफै समाधान भएर जाने विश्वास पनि व्यक्त गरिन् ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘चोरलाई चौतारी’ मात्रै दिने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरिन ।

पूर्व प्रधानन्यायाधिश कार्कीले बलात्कार लगायतका घटना हुन नदिन प्रहरी प्रशासनले विशेष निगरानी राख्नुपर्नेमा पनि जोड दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री