राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भयो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन् ।
६८ आै प्रजातन्त्र दिवस अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दै ओलीले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत् ‘सुःखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवम् कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गर्ने उदघोष समेत गरे ।
कार्यक्रममा नेपाली सेनाले आफ्नो कलाकौशल प्रस्तुत गर्नुका साथ हेलिकप्टरबाट पुष्पवृष्टि गरेका थियो । त्यसैगरी काठमाडौं महानगरपालिका, नेपाल स्काउट लगायतका संघ, संस्थाहरुले सांस्कृतिक झाँकीसहितका प्रर्दशनी गरेका थिए । यसै अवसरमा सरकारले सोमबार सार्वजनिक विदा पनि दिएको छ ।
प्रतिक्रिया