शुक्रबार, १६ चैत २०८०

पार्टी संसदीय दलको नेतामा दाहाल सर्वसम्मत

समयपोष्ट २०७४ फागुन ६ गते ५:४८

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ ।

Advertisement

माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो ।

बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णय गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल पनि एकताअन्तर्गत पार्टीको मार्गदर्शक सिद्धान्त एवम् सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने प्रवक्ता भुसालले बताउनुभयो ।

सो अवसरमा प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित हुने सांसदलाई अध्यक्ष दाहालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री