बिहीबार, १३ वैशाख २०८१

‘जनसत्ता’का लिखतलाई वैध बनाउँदै सभामुख घर्ती

समयपोष्ट २०७४ फागुन ६ गते १:३३

प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्त्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement

विशेषगरी तत्कालीन ‘जनसत्ता’का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको छ । कारण, तत्कालीन जनसत्ताका हिरो (प्रमुख) उनै घर्ती हुन् ।

आफ्नो नेतृत्वको तत्कालीन जनसत्ताले रजिष्ट्रेसन (पास) गरिदिएका जग्गासम्बन्धी विवाद अब प्रदेशसभा नेतृत्वकर्ताका रुपमा कसरी सल्ट्याउने भन्ने चुनौती उनकोे काँधमा आएको छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेपछि उनी स्वयंले जग्गासम्बन्धी गरेको लिखत पासलाई प्रदेशसभााट कानुन निर्माण गरेर वैधता दिलाउने बताएका थिए ।

उनको चुनावी मूल अजेन्डा पनि ‘जनसत्ताका लिखतले कानुनतः मान्यता पाउनेछन्’ भन्ने थियो । सभामुख घर्ती जनसत्ताका लिखतलाई वैधानिकता दिनुपर्ने एक मात्रै समस्या समाधानको बाटो ठान्छन् ‘तत्कालीन जनसत्ताका जग्गासम्बन्धी लिखत पासले मान्यता पाउनैपर्छ, यसका लागि प्रदेशसभा बैठकले उपयुक्त निर्णय लिनेछ,’ उनले भने, ‘प्रदेशसभामा यो विषय उच्च प्राथमिकतामा रहनेछ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री