शुक्रबार, १६ चैत २०८०

केपी ओलीको सरकारलाई शेयर बजारको स्वागत, ४० अंकले सुधार, एक अर्ब ५४ करोडको कारोबार

समयपोष्ट २०७४ फागुन ५ गते ९:०९

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.२४ अंकले बढेर अन्तिम दिन १४२४.९५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.४९ अंकले बढेर ३०१.३० अंकमा आईपुगेको छ ।

Advertisement

नेपाल स्टक एक्सचेन्जमा यस साता एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएका छन् । एक सय ७९ कम्पनीहरुको १६ हजार ६३८ पटक कारोबारबाट ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयर यस साता खरिद विक्री भएको छ ।

अघिल्लो साता १७६ कम्पनीहरुका १७ हजार ९०१ कारोबारबाट एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँ बराबरका ४१ लाख ९६ हजार चार सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता कारोबार रकम आधारमा

यस साताको कारोबारमा प्रभु बैंक धेरै सेयर संख्यामा सेयर कारोबार हुनेमा परेको छ । बैंकको सबैभन्दा बढी दुई लाख ९३ हजार कित्ता सेयर ६ करोड ७१ लाख ५० हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर ६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने यो कम्पनीको साधारण सेयर ५ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री