शुक्रबार, १४ वैशाख २०८१

आज ओली प्रधानमन्त्री बन्दै

समयपोष्ट २०७४ फागुन ३ गते १:१४

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार(आज) राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा यो समाचार प्रकाशित भएको छ,निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

राष्ट्रपतिबाट ओलीलाई बिहीबार नै प्रधानमन्त्री नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ। एमाले र माओवदी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष  दाबी गर्ने र एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः बैठक बस्ने निर्णय गरेको थियो ।

एमाले र माओवादीबीच पाटर्थी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

उक्त सहमतिअनुसार अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी ओलीलाई प्रधानमन्त्री बनाउन आग्रह गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री