शुक्रबार, ७ वैशाख २०८१

राष्ट्र बैंकले ल्यायो सहुलियत दिने नीति, अब बैंकहरुलाई २९ दिने राहत

समयपोष्ट २०७४ फागुन १ गते १:३१

सरकारी ढुकुटीमा रकम थन्किएर लगानीयोग्य पुँजी (तरलता) को अभाव झेलिरहेका बैंकहरुलाई राष्ट्र बैंकले सहुलियत दिने नीति ल्याएको  छ ।

Advertisement

आजको नागरिकमा समाचार छ,पछिल्लो समय कर्जाको माग अत्याधिक बढेको तर, निक्षेप बृद्धि नहुँदा बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलिरहेको बेला केन्द्रीय बैंकले ल्याएको नयाँ नीतिले उनीहरुलाई केही राहत पुग्ने देखिएको छ ।

चालु आव २०७४ ०७५ को मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दै आइतबार राष्ट्र बैंकले बैंकहरुलाई कर्जा पुँजी निक्षेप अनुपात (सिसिडी रेसियो) गणनामा पनि केही सहुलियत दिने नीति ल्याएको हो ।

यसअघि सिसिडी अनुपातको गणना विधि दैनिक रुपमा गर्दै आएको राष्ट्र बैंकले अब यसलाई मासिक रुपमा गर्ने व्यवस्था मिलाएको छ ।

दैनिक रुपमा गणना गर्दा ८० प्रतिशत नघाउनेलाई सत प्रतिशत जरिवाना लगाइन्थ्यो । अब महिनामा मात्र सिसिडी गणना हुनेछ । त्यसपछि मात्र जरिवाना गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री