बुधबार, १२ वैशाख २०८१

एमाले स्थायी कमिटी बैठकको निष्कर्ष :अव एक महिना भित्रै पार्टी एकता

समयपोष्ट २०७४ माघ २८ गते १४:५८

नेकपा एमालेको आजको स्थायी कमिटी बैठकमा नेकपा माओवादी केन्द्र संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ ।

Advertisement

पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै नेकपा ९माओवादी केन्द्र० सँग आगामी फागुनभित्र नै एकता गर्ने विषयमा छलफल भएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले सरकारले कुनै परामर्श नै नगरी एकलौटी ढंगले राष्ट्रियसभामा तीन सदस्य सिफारिश गरेकोप्रति आपत्ति प्रकट गर्दैै विरोध गरेको छ ।

एमालेले सरकारले बिना परामर्श नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, महिला अधिकारकर्मी चाँदनी शाह र काँग्रेसका नेता गोपाल बस्नेतलाई राष्ट्रियसभामा सदस्य बनाउन गरेको सिफारिशको विरोध गरेको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री