शुक्रबार, १६ चैत २०८०

एनआइबिएल र एस क्यापिटल एक आपसमा गाभिए, पूँजी २७ करोड

समयपोष्ट २०७४ माघ २८ गते ३:२३
 एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडले एक आपसमा गाभ्ने/गाभिने (मर्जर)को प्रक्रिया पुरा गरेका छन्।
दुई कम्पनी एक आपसमा गाभिएर बनेको एनआइबिएल एस क्यापिटल लिमिटेडको नामबाट आइतबारबाट एकीकृत कारोबार थालिनेछ।
 दुई कम्पनीबीच गत कात्तिक २३ गते एक आपसमा गाभ्ने गाभिने सहमति भएको थियो। त्यही सहमतिअनुसार मंसिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।
मर्जरपछि यस कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुगेको छ। मर्जरपछि बनेको संस्था सबैभन्दा धेरै चुक्ता पूँजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) बनेको छ। कम्पनीको १ लाख ४२ हजार भन्दा धेरै हितग्राही खाता र ४ वटा शाखा कार्यालय हुनेछन्। कम्पनीले थप तीन शाखा विस्तारको तयारी गरेको छ।
कम्पनीले अहिले ३८ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गर्दै आएको छ। यो कार्यमार्फत करिब १० लाख शेयरधनीलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री