शुक्रबार, १६ चैत २०८०

सांसदलाई अब किस्तामा घडेरी पनि!

समयपोष्ट २०७४ माघ २७ गते २:०२

हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरूले पाउने सुविधा थपिँदै गएको छ। सांसदका लागि हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा धेरै सुविधा थपिने भएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement

प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरहेका छन् ।

प्रदेश सांसदलाई बस्न भाडाको घर खोज्नुपर्ने गरी काम थालिएको छ। यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने गरी तयारी भएको छ ।

समाचारमा लेखिएको छ, साथै, सहुलियतमा घडेरी उपलब्ध गराउने निर्णय शुक्रबार भएको छ ।

सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको हो । हेटौंडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदलाई घडेरीका रुपमा दिने सर्वदलीय निर्णय गरिएको हो ।

घडेरी किनेबापतको रकम प्रदेश सांसदहरुले पाँच वर्षसम्ममा भुक्तानी गरे हुनेछ । किस्ताबन्दीमा मासिक पैसा दिने गरी पदावधिभर घडेरीको रकम भुक्तान गरे हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री